निजी विद्यालयले अतिरिक्त शुल्क लिएपछि अभिभावक महासंघको आपत्ति
रुपन्देहीका केही निजी विद्यालयहरूले विद्यार्थीहरूसँग अनलाइन कक्षा शुल्क बाहेक अतिरिक्त शुल्क लिएको भन्दै नेपाल अभिभावक महासंघले आपत्ति जनाएको छ ।
कोरोना महामारी र त्यसपछि संचालन भएका निजी विद्यालयहरूले विद्यालयमा उपस्थित नभएका विद्यार्थीबाट कम्प्युटर, नृत्य, यातायात लगायतको शुल्क लिएको प्रति अभिभावक महासंघले आफ्नो ध्यानाकर्षण भएको एक प्रेश विज्ञप्ती जारी गर्दै जनाएको छ ।
साथै निजी विद्यालयले अतिरिक्त विषयमा विद्यार्थीबाट लिएको शुल्क अविलम्ब फिर्ता गरिनुपर्ने पनि माग गरिएको छ ।
महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली तथा लुम्बिनी प्रदेश अध्यक्ष हेमबहादुर थापाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै निजी विद्यालयको रवैयाप्रति आक्रोश पोखेका छन् ।
निजी विद्यालयले उक्त निर्णयलाई नसच्याए आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने महासंघले चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण