सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

चन्द्राले ल्याइन् तीज गीत ‘तम्रा मायाले’

आइतबार, १३ असार २०७८, १० : १८
आइतबार, १३ असार २०७८

काठमाडौँ  । तीज आउन करिव दुई महिना बाँकी रहेको छ । तर बजारमा तीजका गीत भित्रिन थालेका छन् । यस्तैमा गायिका चन्द्रा आचार्यले विशुद्ध नेपाली संस्कृति झल्किएको तीज गीत ‘तम्रा माया’ले ल्याएकी छन् ।

खप्तडदेखि रारासम्मका प्राकृतिक तथा सांस्कृतिक विषय समेटिएको पश्चिमी लोक शैलीको यो गीतमा लक्ष्मी प्रसाद गौतमको शब्द र गौरव दर्पणको संगीत र सुरथ प्रधानको संगीत संयोजन रहेको छ । 
 
गीतको भिडियोमा गरिमा शर्मा, कमल देवकोटा, मनायु गौतम, एन्जेल कार्कीले अभिनय रहेको छ । जसको निर्देशन रमेश थापाले गरेका हुन् ।

भिडियोमा एउटी युवतीले बाल्यकालदेखि नै आपूmले मनपराएको केटालाई नै श्रीमान्को रुपमा कल्पना गरि विवाह र तत्पश्चात विभिन्न ठाउँमा घुम्न गएको देखाइएको छ । नहकुल खड्काले सम्पादनमा गरेको भिडियोको कोरियोग्राफी सुरेश पाण्डेले गरेका हुन् । भिडियामा शिव ढकालको छायाँकन छ । 

पछिल्लो समय तीज गीतमा छाडापना र भड्किलो पोशाक प्रयोग बढ्दै गएकोमा यो गीतमा भने त्यस्तो देख्न मिल्दैन । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप