अलकत्रा पकाउने गाडीमा आगलागी हुँदा मजदुर घाइते
आइतबार, १३ असार २०७८, १५ : ५३
पाल्पामा अलकत्रा पकाउने गाडीमा आगलागी हुँदा दुई जना मजदुर घाइते भएका छन् । पाल्पाको तानसेन नगरपालिका–६, होलाङ्दी–ढुंगाखानी सडकमा कालोपत्र गर्न अलकत्रा पकाइएको गाडीमा आज दिउसो आगलागी हुँदा दुई जना श्रमिक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार लु २ क ४३६९ नम्बरको डिस्ट्रिब्युटर सवारी अलकत्रा बिछ्याउने क्रममा आगलागी हुँदा गुल्मीको इस्मा गाउँपालिका–२, का २० वर्षीय बासु मुखिया र सोही स्थानका २१ वर्षीय तेजबहादुर कुमाल घाइते भएका छन् । गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ ।
घाइतेहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयमा सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण