शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बारबर्दिया पूर्ण खोप सुनिश्चितता नगर

आइतबार, १३ असार २०७८, २३ : ४६
आइतबार, १३ असार २०७८

बर्दियाको बारबर्दिया नगरपालिकाले १६ देखि २३ महिना सम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्ण खोप सुनिश्चितता भएको नगर घोषणा गरिएको छ ।  लुम्बिनी प्रदेशसभा सदस्य तिलकराम शर्माले एक कार्यक्रमबीच बारबर्दिया पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरे ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिसस प्रमुख शंकरप्रसाद थारुले पूर्ण खोप सुनिश्चिता गर्न सफल भएकोमा धन्यवाद दिए । पालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु (कबिर)ले बारबर्दिया स्वास्थ्य शाखाको नेतृत्वमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको निरन्तर गरेको कार्यले सम्भव भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप