श्रीमान् हत्याको अभियोगमा महिला पक्राउ
मङ्गलबार, १५ असार २०७८, २२ : २८
मधुवन नगरपालिका–४ बादरभरियामा श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ परेका छिन् । अठ्तीस वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेका अभियोगमा श्रीमती ३८ वर्षीया सीता र छोरा १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रक्सी खानका लागि रु एक सय मागेका विषयमा विवाद हुँदा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका थारुकोे जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको थियो । सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले अभियुक्तलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण