भोलिबाट मनकामना स्मार्ट लघुवित्तको ३ लाख ८९ कित्ता आईपीओ सार्वजनिक हुँदै
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेदेखि ३ लाख ८९ हजार कित्ता बराबरको आइपिओ सार्वजनिक गर्दै छ । कम्पनीले कर्मचारी, म्युचुअल फन्ड र सर्वसाधारणका लागि गरी एक सय रुपैयाँका दरले कुल ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
जसमध्ये, ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको कम्पनीले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको हो । सोही ६३ हजार ४९२ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछन् । आवेदन भने असार १७ गते देखि असार २१ गतेसम्मलाई खुल्ला गरिनेछ । यद्यपि, सो अवधिमा माग अनुसारको आवेदन नपरेको खण्डमा असार ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् भने कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण