रुपन्देहीमा ४४ वर्षपछि २ जना फरार अभियुक्त पक्राउ
बुधबार, १६ असार २०७८, २२ : ५८
रुपन्देही प्रहरीले ४४ वर्षअघि भएको हत्या काण्डका दुई अभियुक्तलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक बलरामपुर गाविस–७ (हाल लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का) ७० वर्षीय चिनगुद चाई र सोही वडाका ७० वर्षीय कप्तान चाई रहेका छन् ।
रुपन्देही प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाका अनुसार उनीहरुले २०३४ साल असोज २३ गते राती ओरी अहिर र कृष्णप्रसाद अहिरको हत्या गरेका थिए । हत्या आरोपी दुबै जनालाई अदालतले २०४० साल वैशाख ८ गते जन्मकैदको फैसला सुनाएको थियो।
त्यसयता दुवैजना फरार थिए। रुपन्देही प्रहरीले चलाएको ‘अप्रेशन फप’ अभियान अन्तर्गत उनीहरुलाई पक्राउ गरिएको डिएसपी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण