पाल्पामा अज्ञात समूहद्वारा वडा कार्यालयसहित ६ स्थानमा तोडफोड
बिहीबार, १७ असार २०७८, ११ : २९
पाल्पाको रैनादेवी छहरा गाउँपालिका –५ को वडा कार्यालय सहित विभिन्न स्थानमा गएराति अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।
गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीका अनुसार मुझुङ टोलमा रहेको वडा नम्वर ५ को कार्यालय , कालिका माविको कार्यालय , महिला सहकारी संस्था, हुलाक कार्यालय , कृषि सहकारी संस्थाको कार्यालय र नेत्रबहादुर कार्कीको पसल तोडफोड भएको हो । क्षतिको एकिन विवरण संकलन भइरहेको गाउँपालिकाले जनाएको छ ।
पाल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण