प्युठान प्रहरीद्वारा ३ हत्या अभियोगी सार्वजानिक
तीन दिनअघि प्युठान नगरपालिका–१० मा मृतावस्थामा फेला परेका एक जना युवकको हत्या भएको खुलासा गरेको छ । असार १४ गते विहान प्युठान नगरपालिका –१० कोट निवासी २४ बर्षीय हेमन्त भन्ने नरेन्द्र पुन मगर मृत फेला परेका थिए । त्यस्तै सोही स्थानका २५ बर्षीय सुरेश बस्नेत सख्त घाइते अवस्थामा भेटिएका थिए ।
घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेपछि सोही नगरपालिका –१० नेपानेका १५ र १७ बर्षीय दुई किशोर र मल्लरानी गाउँपालिका –३ , धनुबाँस गाउँका १८ बर्षीया रेशमबहादुर घर्तीले असार १३ गते साँझ साढे ९ बजेको समयमा चिरुवा दाउराले निर्घात कुटपिट गरि हत्या गरेको र अर्का एक जनालाई सख्त घाइते बनाई बाटो मै छाडेर भागेको खुलेको प्रहरीले जनाएको छ ।
प्युठानका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लका असार १३ गते मृतक हेमन्त भन्ने नरेन्द्र पुन मगर र घाइते सुरेश बस्नेत नेपानेस्थित बस्नेतकी दिदीको गोठ बनाउने काम गरेर साँझ साढे ६ बजेतिर फर्किदै थिए । घर कोट तर्फ फर्किने क्रममा सोही स्थानको एक पसलमा मदिरा सेवन गरेका थिए ।
सोही क्रममा विवाद हुँदा घटना हुन पुगेको हो । घाइते सुरेश बस्नेतलाई विजुवार अस्पतालबाट रिफर गरि भैरहवा मेडिकल कलेजमा पठाए उपचार भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण