बर्दियामा फेरि एक पुरुषको बाघको आक्रमणबाट मृत्यु
सोमबार, २१ असार २०७८, २१ : ५३
बर्दियामा बाघको आक्रमणबाट फेरि एक पुरुषको मृत्यु भएको छ । विगत एक वर्षयता एकपछि अर्को गर्दै बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या वृद्धि भइरहेको बेला फेरि मधुवन नगरपालिका वडा नम्बर ३ का ६७ वर्षीय चित्रबहादुर खत्रीको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए ।
आइतबारदेखि हराइरहेका खत्रीको शव नेपाल–भारत सीमा क्षेत्रमा रहेको सम्झना सामुदायिक वन भित्र क्षतविक्षत अवस्था आज फेला परेको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट यसवर्ष १२ जनाको ज्यान गइसकेको छ भने दुई वर्षयता पाटे बाघबाट २१ र जंगली हात्तीबाट २ गरि २३ जनाले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण