शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पहिलो खोप डोज लगाएपनि वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

मङ्गलबार, २२ असार २०७८, १३ : ५०
मङ्गलबार, २२ असार २०७८

बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण आज निधन भएको छ ।

७२ वर्षीय वडाध्यक्ष  आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए । 

उनको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि  परिवारले थप उपचारका लागि काठमाडौँ लगेको थियो ।

आचार्यले कोरोना विरुद्धको पहिलो डोज खोप समेत लगाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप