किर्ते गरी बनाएको नागरिकता खारेज
मङ्गलबार, २२ असार २०७८, २१ : ४०
दाङमा किर्ते नागरिकता बनाएको आरोपमा पक्राउ परेका वडाअध्यक्ष सहित तीन जना तारिखमा छुटेका छन् । किर्ते नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष भीमबहादुर खड्कालाई पक्राउ गरिएको थियो ।
आईतबार अपरान्ह वडाअध्यक्षसहित सोही वडाका भीमबहादुर कामी र उनकी छोरी शुसिला विकलाई पक्राउ गरिएको थियो उनीहरु तीनै जना सोमबार तारिखमा छुटेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।
कुरुङवाङका अनुसार कीर्ते गरी बनाएको नागरिकता खारेज गरिएको छ । दोषीहरुलाई जरिमाना, कैद सजाय वा दुबै पनि हुन सक्ने कुरुङवाङले बताए । अबको नौ, दश दिनमा यस बिषयको टुङ्गो लाग्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण