पाल्पामा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गयो
बुधबार, २३ असार २०७८, १० : ११
बुधबार बिहान ६ बजेको समयमा पाल्पामा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको तिनाउँ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा चुनढुङ्गा लोड गरी बुटवलतर्फ फर्किने क्रममा लु २ ख ८२० नम्बरको ट्रिपर सडकदेखि करिव ३ सय मिटर तल खोलामा खस्दा त्यसका चालक पुर्वखोला गाउँपालिका– ५ बिरकोटका २६ बर्षीय सुदिप गैरेको मृत्यु भएको हो ।
पाल्पाका प्रहरी प्रबक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गम्भीर घाइते चालक गैरेलाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा ल्याईएको र डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरी निरीक्षकको टोली घटना स्थलमा पुगेको र एआरएम कन्स्ट्रक्सन प्रालिको उक्त ट्रिपर रहेको डिएसपी त्वातीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण