मुख्यमन्त्री कार्यालय अगाडि सञ्चार विधेयकको विरोधमा प्रदर्शन
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको सञ्चार विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै विभिन्न ठाउँबाट विरोध भइरहको बेला आज शान्ति समाज नेपालले पनि मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शनमा सहभागीहरूले प्रेस स्वतन्त्रताको पक्षमा नाराबाजी गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति समाज नेपालका अध्यक्ष गोविन्द खनालले लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा प्रेस स्वतन्त्रता विरोधी विधेयक लुम्बिनी प्रदेश सभामा पेश गरिएको भन्दै खेद प्रकट गरे । उनले विश्वव्यापी मानव अधिकारको घोषणापत्रले संरक्षण गरेको अधिकारलाई प्रतिनिधित्व गर्ने प्रेस स्वतन्त्रताको विषय संयुक्त राष्ट्र संघका पक्ष राष्ट्रले सम्मान गर्नुपर्नेमा भएपनि विधेयकले निरंकुशता तर्फ उन्मुख हुने संकेत भएको उल्लेख गरे।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, शान्ति समाज नेपालका केन्द्रीय सदस्य विष्णु भुसाल, पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराजा पोखरेल, शान्ति समाज रूपन्देही अध्यक्ष डिपी खनाल लगायतले पनि विधेयकको विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण