भरुवा बन्दुकसहित सिकारी पक्राउ
बिहीबार, २४ असार २०७८, १७ : ४३
दाङ प्रहरीले भरुवा बन्दुकसहित सिकारीलाई पक्राउ गरेको छ ।
अवैध घरेलु हतिहार भरुवा बन्दुक लिई दंगीशरण गाउँपालिकाको तिलकन्या सामुदायिक वनमा सिकार खेल्न हिँडिरहेको अवस्था प्रहरी विहिवार दिउँसो दंगीशरण गाउँपालिका वडा नं.२ निवासी २४ बर्षीय मेघराज पुनमगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी गोल्टाकुरीको संयुक्त प्रहरी टोलीले सामुदायिक वनको ड्वाङड्वाङे चौरमा घरेलु हतियार भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ परेका पुन मगरमाथि थप आवश्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण