शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
करार कर्मचारी व्यवस्थापन

सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने

शुक्रबार, ०१ साउन २०८३, ११ : १५
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • सरकारले सरकारी जागिरबाट पेन्सन पाएका कर्मचारीलाई अब करारमा काम गर्न नदिने निर्णय गरेको छ ।
  • भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै निकायमा परिपत्र जारी गर्दै २०८३ साउन १ गतेदेखि पेन्सन पाउने करारका कर्मचारीलाई सेवा निरन्तरता नदिने बताएको छ ।
  • पेन्सन नपाउने करारका कर्मचारीलाई भने अर्को व्यवस्था नभएसम्मका लागि पुलमा राखिनेछ ।

काठमाडौँ । सरकारले सरकारी जागिरबाट पेन्सन पकाएका कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै निकायमा परिपत्र जारी गर्दै कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा हाल निवृत्तिभरण  पाइरहेका करारका कर्मचारीहरूलाई २०८३ साउन १ गतेदेखि सेवा निरन्तरता नदिने निर्णय भएको उल्लेख गरेको छ ।   

मन्त्रालयका शाखा अधिकृत सजिव नेपालको हस्ताक्षर गरी कार्यान्वयनका लागि सम्बन्धित सबै निकायमा पठाएको परिपत्रमा पेन्सन पाएर करारमा काम गरिरहेका कर्मचारीहरूलाई धन्यवादसहित बिदाइ गर्ने निर्णय सरकारले गरेको उल्लेख छ ।

निवृत्तिभरण वा उपदान नपाउने तर हाल करारमा कार्यरत रहेका कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी ‘पुल’ मा राखिनेछ । यसको एकीकृत विवरण भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अद्यावधिक गर्ने निर्णय सरकारले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप