भैरहवाको मुख्य सडक जलमग्न
आइतबार, २७ असार २०७८, १२ : ५७
आइतबार बिहानदेखिको भारी वर्षाका कारण रुपन्देहीको भैरहवामा क्षेत्रका मुख्य सडकहरु जलमग्न भएका छन् । भैरहवाको बैंकरोड , गल्लामण्डी , प्रहरी टोल लगायतका मुख्य सडकहरु जलमग्न भई आवत जावतमा समस्या परेको हो । परेको भारी बर्षाका कारण भैरहवाको मुख्य बजारहरु डुबानमा परेका छन् ।
मुख्य सडकहरु गल्लीहरु डुबानमा परेपछि ब्यापारिक क्षेत्र, बैक तथा वित्तिय संस्था , अस्पतला र सरकारी कार्यालयहरु समेत प्रभावित बनेका छन् ।
भैरहवाको गौतम बुद्ध विमानस्थलमा रहेको जल तथा मौसम कार्यालयका प्रमुख राम नारायण मिश्रले पछिल्लो २४ घण्टामा भैरहवामा ४६ दसमलव २ मिलिमिटर पानी परेको जानकारी दिए । मिश्रले भोलि र पर्सीसम्म नेपाल अधिराज्यभर पानी पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण