रुपन्देहीमा ११ जना जुवाडे पक्राउ
रुपन्देहीको कोटहिमाईमा प्रहरीले १ लाख ६८ हजार नगद सहित ११ जुवाडे पक्राउ गरेको छ ।
सूचनाका आधारमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेका ११ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ पर्ने जुवाडेहरुमा जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका ३ का मोहमद लाडले अन्सारीको घरमा जुवा खेलिरहेका धर्मेन्द्र भन्ने कम्लेश कुमार यादव, विशाल यादव, मोहमद सरिफ जोलहा, सुरज यादव, निरज कुमार यादव, संजय जैशवाल , मायादेवी गाउँपालिका ५ का भगवानदाश कुर्मी, सोनु मल्लाह, समिर धुनिया र घनश्याम यादवलाई पनि जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।
पक्राउ परेका जुवाडेहरुबाट प्रहरीले नगद १ लाख ६८ हजार ९०५ रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल १० थान, गड्डी तास र जुवा खेल्न प्रयोग गरेको प्लाष्टिकको बोरा १ थान बरामद गरी थियो । उनीहरु जुवा ऐन अनुसार कानुनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण