मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
बुधबार, ३० असार २०७८, १२ : १३
दाङमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. १ खिलतपुर चोकस्थित रा ४ प १०२४ नं.को मोटरसाइकलले स्थानीय ५ वर्षीय पारस लामिछानेलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए । प्रहरीले प्रहरीले मोटरसाइकल चालक बइई गाउँपालिका ७ निवासी २८ वर्षीय दीपक थापा र मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण