दोस्रो आदिवासी जनजाति साँस्कृतिक महोत्सव दमौलीमा शुरु
तनहुँ - तनहुँको व्यास नगरपालिका वडा नं ३ विपी बनवाटिकामा आजदेखि दोस्रो आदिवासी जनजाति साँस्कृतिक महोत्सव हुने भएको छ ।
“अमुल्य भाषा, संस्कृतिको जर्गेना गर्दै पर्यटनको विकास गरौ” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा महोत्सव हुन लागेको हो ।
महोत्सवमा शहिद परिवार, अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले रातोपाटीलाई बताए ।
जिल्लामा उत्पादित कृषिजन्य बस्तुको बजारीकरण, ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्नु महोत्सवको मुख्य उद्धेश्य रहेको आयोजकले बताए ।
विभिन्न जातजाति, वर्ग र समुदायको बाजा गाजा सहितको झाँकी, विभिन्न जातजातिको खानाको परिकार, सुलभ दरमा र्याफटिङ, भुकम्प प्रतिरोधी आवास निर्माण, आकर्षक नमुना घरको निर्माण महोत्सवका मुख्य आकर्षण हुन् ।
-महोत्सवको लागि ट्राफिक चोक र अनसन चौतारीमा स्वागतद्धार निर्माण गरिएको छ ।
-दमौली बजार क्षेत्रलाई दुलही झै सिंगारिएको छ ।
-महोत्सवको माहोलले दमौली बजारको सौन्दर्यता बढाइदिएको छ ।
-महोत्सव सफल बनाउन ५ सय जनाको मुलसमारोह समिति र ५९ वटा विभिन्न उपसमिति गठन गरिएको महोत्सव सचिवालय संयोजक बसुन्धरा घर्तीले बताइन् ।
-महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागिता समेत रहनेछ ।

महोत्सवको लागि रमाइलो मेलाका सामग्रीहरु जडान गर्न र स्टल बनाउने कार्य हिजो (मंगलबार) सम्म पनि जारी थियो ।

आज बिहान पनि केही स्टलको निर्माण कार्य भइरहेको रतोपाटी सम्वाददाताले बताएका छन् । आयोजक समितिले भने महोत्सवको लागि संम्पूर्ण तयारी पुरा भैसकेको बताएको छ ।
महोसवको उद्घाटन विनाविभागीय मन्त्री आशा कोइरालाले गर्ने महोत्सव आयोजक समितिले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन
-
अमेरिकाको नयाँ भिसा बन्ड पाइलट कार्यक्रम घोषणा
-
मेटा–रिलायन्स एआई डाटा सेन्टर सम्झौता
-
तोकिएको समयसीमाभित्रै सदस्यता अद्यावधिक गरिसक्न कांग्रेसकाे आग्रह
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
नीति प्रतिष्ठानको चौथो बैठकमा विषयगत अवधारणा प्रस्तुत, आचारसंहिता पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण