सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दाङमा १० जना जुवाडे पक्राउ

शनिबार, ०२ साउन २०७८, १२ : ५०
शनिबार, ०२ साउन २०७८

दाङको घोरोही उपमहानगरपालिकाबाट प्रहरीले १० जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ घोराही उपमहानगरपालिकामा  जुवातास खेल्दै गरेका १० जना जुवाडे पक्राउ परेका हुन् । घोराही  उपमहानगरपालिका  –१३ को डुमरगाउँस्थित गनबहादुर घर्घीको घरमा जुवातास खेलिरहेको छन् भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले १ लाख २२ हजार ५१० नगद र ६ गड्डी ताससहित १० जनालाई पक्राउ गरिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

पक्राउ पर्नेमा  सोही स्थानका ५२ वर्षीय कमान पुन , ४२ वर्षीय लोकबहादुर घर्ती,  ४५ वर्षीय प्रेम  पुन  , ४२ वर्षीय आइतबहादुर  घर्ती,  ३४ वर्षीय  ज्ञानसिंह  बुढा , घोराही –१५ का २२ वर्षीय निमबहादुर रोका, घोराही –१४ का २६ वर्षीय त्रिपन  बुढा, घोराही–१५ का ३३ वर्षीय ढोका घर्ती, वडा नम्वर १२ का ४० वर्षीय तेजलाल पनु  र वडा नम्वर–१३ बस्ने ६८  वर्षीय गणबहादुर घर्ती रहेका छन् ।  उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप