कपिलवस्तुबाट अमेरिकन पेस्तोलसहित युवक पक्राउ
आइतबार, ०३ साउन २०७८, १६ : २४
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–११ स्थित जहदी चोकबाट प्रहरीले अमेरिकन पेस्तोल सहित एकजना युवकलाई पक्राउ गरेको छ । जदही चोक घर भएका मातेश्वरप्रसाद यादव उर्फ ‘मन्नु’लाई पक्राउ गरिएको जिप्रका कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले रातोपाटीलाई बताए ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार ३६ वर्षीय मन्नुको साथबाट प्रहरीले अमेरिकन पेस्तोल एक थान, म्याग्जिन र चार राउण्ड गोली बरामद गरेको छ । साउन १ मा पक्राउ परेका यादवलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
हतियार र लागुऔषध बेच्ने धन्दामा सक्रिय यादव यसअघि पनि दुईपटक पक्राउ परेका थिए । २०७५ असार र ०७७ फागुन १७ मा हातहतियार तथा खरखजाना र चोरी मुद्दामा पक्राउ परेका यादव धरौटीमा छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण