‘कोशिश : मानवताका लागि’ कार्यक्रम ल्याउदै फिल्म निर्देशक लोहनी
काठमाडाैं । फिल्म ‘शुभ लभ’का निर्देशक सन्तोष बाबु लोहनीले टेलिभिजन कार्यक्रम लिएर दर्शक माझ आउने भएका छन् । उनले एक पृथक सामाजिक कार्यक्रम ‘कोशिश : मानवताका लागि’ लिएर आउन लागेका हुन् ।
कोरोना अगाडि फिल्म ‘शुभ लभ’ निर्देशन गरेका उनी नयाँ फिल्म बनाउने तयारीमा थिए । कोरोनाले फिल्मको काम रोकिएपछि उनले टेलिभिजन कार्यक्रम ल्याउन लागेको हुन् ।

‘म नयाँ फिल्म बनाउने तयारीमा जुटेको थिए । कोरोनाले त्यसको काम लथालिङ्ग बनायो’ निर्देशक लोहनीले भने ‘अहिले फुर्सदको समय अरूका लागि सहयोग पनि हुने र केही नौलो कामको थालनी पनि गर्ने उदेश्यले ‘कोशिश ः मानवताका लागि’ नामक टेलिभिजन कार्यक्रम ल्याउन लागेको हुँ ।’
पीडितलाई सहयोग मिल्ने, धेरैलाई सामाजिक कार्यमा प्रेरित गर्ने र राज्यलाई वास्तविक समस्या पहिल्याउन केही सजिलो हुने अभिप्रायले आफुले टेलिभिजन कार्यक्रम ‘कोशिश : मानवताका लागि’ बनाउन लागेको निर्देशक लोहनीले बताए ।
‘कोशिश : मानवताका लागि’ नेपालकै टेलिभिजन इतिहासमा नौलो र फरक कार्यक्रम हुने लोहनीले दाबी गरे । ‘थिम चोरी हुने खतराका कारण कार्यक्रमको बारेमा यो भन्दा बढी अहिले केही भन्दिन’ उनले थपे ‘जति सक्दो छिटो कार्यक्रम ल्याउने कोशिशमा छु ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण