बारम्बार टन्सिल हुनुलाई सामान्य नठानौँ
काठमाडौँ । टन्सिल घाँटीको दुवै छेउमा रहेका साना टिस्यु हुन्, जसले शरीरलाई संक्रमणबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छन् ।
तर, केही व्यक्तिहरूमा बारम्बार टन्सिल सुन्निने वा संक्रमण हुने समस्या देखिन्छ । यसका कारण घाँटी दुख्ने, ज्वरो आउने तथा खाना निल्न कठिन हुनेजस्ता समस्या आउँछन् । यस्तो अवस्थामा धेरैको मनमा टन्सिल हटाउने शल्यक्रिया गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उठ्ने गर्छ । मेडफर्स्ट ईएनटी सेन्टरका परामर्शदाता डा. राजेश भारद्वाजका अनुसार टन्सिलको संक्रमण प्रायः भाइरस वा ब्याक्टेरियाका कारण हुने भएकाले समयमै उपचार र निगरानी आवश्यक हुन्छ ।
कहिले सोच्नुपर्छ शल्यक्रियाबारे ?
धेरैजसो अवस्थामा औषधि र पर्याप्त आरामले टन्सिलको समस्या निको हुन्छ । तर, संक्रमण बारम्बार दोहोरिन थाले र त्यसले दैनिक जीवनमा असर पार्न थाले चिकित्सकले टन्सिल हटाउने शल्यक्रिया (टन्सिलेक्टोमी) को सिफारिस गर्न सक्छन् । यदि एक वर्षमा धेरै पटक टन्सिलाइटिस हुने वा लगातार केही वर्षसम्म बारम्बार संक्रमण भइरहने समस्या देखिए शल्यक्रियाबारे विचार गर्न सकिन्छ ।
यी लक्षण देखिए शल्यक्रिया आवश्यक पर्न सक्छ
टन्सिल अत्यधिक ठुलो भएर सास फेर्न, सुत्न वा खाना निल्न कठिन हुने अवस्था आएमा पनि शल्यक्रियाको आवश्यकता पर्न सक्छ । यस्तै, टन्सिलका कारण बारम्बार घाँटीमा पीप जम्ने, टन्सिल वरिपरि फोका (एब्सेस) बन्ने वा एन्टिबायोटिक औषधिले पनि आराम नदिने अवस्थामा शल्यक्रिया आवश्यक हुन सक्छ ।
बालबालिकामा किन आवश्यक पर्न सक्छ शल्यक्रिया ?
बालबालिकामा टन्सिल अत्यधिक ठूलो हुँदा घुर्ने वा सुत्ने क्रममा श्वास रोकिएजस्तो हुने ‘स्लीप एपनिया’ समस्या देखिएमा पनि चिकित्सकले शल्यक्रियाको सल्लाह दिन सक्छन् । तर, प्रत्येक पटक टन्सिलको समस्या हुनुको अर्थ शल्यक्रिया अनिवार्य हुन्छ भन्ने होइन । चिकित्सकले बिरामीको उमेर, संक्रमणको गम्भीरता, संक्रमण दोहोरिने दर तथा त्यसले स्वास्थ्यमा पारेको प्रभावको मूल्याङ्कन गरेर मात्र निर्णय लिन्छन् । त्यसैले विशेषज्ञ चिकित्सकको सल्लाहबिना शल्यक्रिया गर्ने निर्णय गर्नु हुँदैन ।
यदि तपाईं वा तपाईंको बालबालिकालाई बारम्बार टन्सिलको समस्या भइरहेको छ भने ईएनटी (नाक, कान, घाँटी) विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ । समयमै जाँच र उपचार गराउँदा जटिलताबाट बच्न सकिन्छ र आवश्यक परे शल्यक्रियाबारे उचित निर्णय लिन सहज हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट
-
बागमतीको बजेटमाथि बहस : मन्त्रालय कटौतीको प्रशंसा, कार्यान्वयनमा आशंका
-
युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी हुँदा नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित
-
राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिकाे ध्यानाकर्षण
-
अभिनेत्री उषा रजकको गुनासो : मलाई ‘ह्यारेसमेन्ट’ भयो, प्रहरीको सहयोग मिलेन
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण