मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

काठमाडौं गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर नियुक्त

मङ्गलबार, १६ असार २०८३, १७ : १८
मङ्गलबार, १६ असार २०८३

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई क्रिकेट डाइरेक्टरमा नियुक्त गरेको छ।
  • भेषावकरले आगामी एनपीएल सिजनका लागि टोलीको क्रिकेट व्यवस्थापन, रणनीति, प्राविधिक पक्ष र खेलाडी व्यवस्थापनको नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।
  • क्रिकेट डाइरेक्टरमा नियुक्त भएपछि भेषावकरले काठमाडौं आफ्नो जन्मथलो भएकाले यस सहरको प्रतिनिधित्व गर्ने अवसर पाउँदा गर्व लागेको बताएका छन्।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई क्रिकेट डाइरेक्टरमा नियुक्त गरेको छ।

क्लबले आगामी एनपीएल सिजनलाई लक्षित गर्दै भेषावकरलाई टोलीको क्रिकेट व्यवस्थापनको जिम्मेवारी दिएको जनाएको छ। यसअघि उनले सन् २०२४ मा सम्पन्न एनपीएलको पहिलो संस्करणमा चितवन राइनोजबाट खेलेका थिए।

काठमाडौं गोर्खाजका अनुसार अब भेषावकरले टोलीको क्रिकेट व्यवस्थापन, रणनीति, प्राविधिक पक्ष तथा खेलाडी व्यवस्थापनको नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्। उनको आगमनले क्लबको प्राविधिक र क्रिकेट व्यवस्थापन अझ सुदृढ हुने विश्वास व्यवस्थापनले व्यक्त गरेको छ।

क्लबले जारी गरेको विज्ञप्तिमा क्रिकेटमा लामो अनुभव हासिल गरेका भेषावकरको साथले टोलीलाई मैदानभित्र र बाहिर दुवै क्षेत्रमा थप मजबुत बनाउन सहयोग पुग्ने उल्लेख गरेको छ।

क्रिकेट डाइरेक्टरमा नियुक्त भएपछि भेषावकरले काठमाडौं गोर्खाज परिवारले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गरेका छन्। काठमाडौं आफ्नो जन्मथलो भएकाले यही सहरको प्रतिनिधित्व गर्ने अवसर पाउँदा गर्व लागेको उनले बताएका छन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप