म्युजिक भिडियोमा फर्किइन् उषा
बिहीबार, ०७ साउन २०७८, १९ : १७
एक समय पूर्व मिस नेपाल उषा खड्गीको म्युजिक भिडियो धेरै आउँथ्यो । जसको चर्चा राम्रै हुने गर्दथ्यो । विभिन्न कारणले पछिल्लो समय भने उनले म्युजिक भिडियो अभिनय गरेकी थिइन् । दर्शकले उनको भिडियो हेर्न नपाएको केही समय भएको थियो । अब भने फेरि भिडियोमा देखिन थालेकी छन् । खड्ग भट्टराईको शब्द र विश्व नेपालीको स्वरमा रहेको गीत ‘घात गर्दा’ सार्वजनिक भएको छ । जसको भिडियोमा उषा देखिएकी हुन् ।
यो गीतको भिडियोमा उषालाई रामहरि खड्काले मोडलिङमा साथ दिएका छन् । निरोज लामाको संगीत रहेको गीतमा आरुष केसी र दीपिशा कोइरालाको समेत अभिनय देख्न सकिन्छ । भिडियो स्वयं मोडेल उषा खड्गीको जीवनमा मेल खाने खालको रहेको निर्माण युनिटले जनाएको छ । नितिन चन्दको निर्देशन रहेको भिडियो हाइलाइटस नेपालले आफ्नो ‘यूट्युब च्यानल’बाट बाहिर ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण