शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलम्पिक स्वर्ण जितें भनेर खुसीयाली मनाइन्, तर होइन रहेछ ..

आइतबार, १० साउन २०७८, २२ : ३०
आइतबार, १० साउन २०७८

नेदरल्यान्डकी साइकिलिङ खेलाडी एन्नेमिक भान भ्ल्युटेनले ओलम्पिकमा स्वर्ण जिते भन्ने ठानेर दुई हात हल्लाउँदै खुसी मनाइन् । तर, उनी खासमा दोस्रो भएकी थिइन् र यो कुरा अर्कैले बनाइदिनुपर्‍यो । यी ३८ वर्षीय साइकिलिस्टले खुसीमा दुबै हात फिजाएकी थिइन् । तर, अष्ट्रियाकी अन्ना किसेनहोफरले दुई मिनेट पहिल्यै रेस पूरा गरिसकेको पत्तो पाएपछि उनी केही खिन्न भइन् ।  ‘मैले गल्ती गरें र मलाई थाहा पनि थिएन’ उनले आफ्नो कमजोरीबारे भनिन् । 

रेसमा अर्की एक खेलाडी घाइते भएकी थिइन् । त्यतिबेला साइकल कुदाउँदै गर्दा आफुले अग्रता लिएको भान यी खेलाडीलाई परेको रहेछ । तर, खासमा किसेनहोफर अघि थिइन् । आफु पछाडि परिसकेको भान भ्लयुटेनलाई रहेनछ ।  
त्यहीकारण, पहिले आफुले नै लाईन क्रस गरेकामा भ्ल्युटेन विश्वस्त थिइन् । यद्यपि, रजत पदक पनि भ्ल्युटेनका लागि ठूलै सफलता  हो । २०१६ को रियो ओलम्पिकमा उनी अग्रता लिइरहेको अवस्थामा ठूलो दुर्घटनामा परेकी थिइन् । त्यतिबेला फिनिस लाइनबाट १० किलोमिटर टाढा हुँदा उनी घाइते भइन् र मेरुदण्डमा तीन ठाउँमा चोट लाग्यो । यसका बाबजुद पाँच वर्षपछि उनले घाँटीमा रजत पदक झुन्ड्याएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप