अनुहारको चाउरी हटाउने घरेलु बोटोक्स ट्रिटमेन्ट, कसरी बनाउने ?
अनुहारको चाउरी हटाउन प्रयोग गरिने निकै चर्चित विधि हो बोटोक्स । बोटोक्स अनुहारमा चाउरी परेको ठाउँमा इन्जेक्सन मार्फत दिइन्छ ।
सामान्यतया महिलाहरु आफ्नो बढ्दो उमेरसँगै अनुहारमा देखिने चाउरीपनालाई हटाउन बोटोक्सको प्रयोग गर्ने गर्दछन् तर यो बोटोक्स अर्थात बटुलिनम टक्सिन स्वास्थ्यका हिसावले उचिन मानिँदैन । तर पनि यसका लागि महिलाहरुले ठूलो रकम खर्च गर्ने गरेको पाइन्छ ।
तर, धेरै महिलाहरु बोटोक्स ट्रिटमेन्ट आफ्नै भान्साका सरसामानबाट पनि तयार गर्न सकिनेबारे भने अनभिज्ञ छन् । हाम्रो भान्सामा उपलब्ध सरसामानबाट बोटोक्स ट्रिटमेन्ट प्याक तयार गरी प्रयोग गर्दा इन्जेक्सनले भन्दा राम्रो काम गर्छ भन्दा अचम्म लाग्न सक्छ । यो विधि निकै सरल छ र यसले अनुहारको चाउरी हटाई छालालाई चम्किलो र कसिलो बनाउन मद्दत गर्छ । हामी तपाईहरुलाई हाम्रो भान्सामा पाइने आलसबाट कसरी बोटोक्स प्याक तयार गर्ने र कसरी यसको प्रयोग गर्नेबारे यहाँ जानकारी दिँदैछौं ।
–आलसलाई एउटा भाडामा एक दिन अगाडि नै भिजाएर राख्ने । भोलिपल्टसम्म यो जेलमा परिणत हुन्छ । आलसको जेलमा चामलको पिठो बराबरी मात्रामा मिलाउने । यसमा ८/१० थोपा ओलिभ तेल अर्थात नरिवलको तेल वा बदामको तेल आफूसँग जे उपलब्ध छ त्यो मिसाउने । यसमा एक चिया चम्चा मह र आधा चम्चा गुलाव जल मिलाएर प्याक बनाउने ।
–राति सत्नु अगाडि तयार आलसको प्याकलाई हल्का मालिस गर्दै अनुहारमा लगाउने र आधा घण्टापछि चिसो पानीले पखाल्ने । यो प्याकलाई दिनहुँ पाँच दिनसम्म लगाउने । दुई महिनासम्म यसको असर देखिने छ । दुई महिनापछि पुन यहि विधिलाई दोहोर्याउन सकिन्छ ।
–तयार प्याकलाई एउटा बट्टामा राखेर फ्रिजमा राख्ने हो भने यो पाँच दिनसम्म प्रयोग गर्न सकिन्छ ।
–२५ वर्षको उमेरपछि यो विधिको प्रयोग गर्न सकिन्छ । यसले अनुहारमा चाउरी हुनबाट जोगाउनुका साथै अनुहारलाई कोमल बनाई चमक ल्याउनमा मद्दत गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पताल निर्माण: ठेकदारलाई भुक्तानी गर्न बजेट अभाव
-
रास्वपा लमजुङको सभापति निर्वाचनमा धाँधलीको आरोप, सभापतिका अरू उम्मेदवारले दिए उजुरी
-
मुग्लिन–मलेखु सडकका चार पुल सञ्चालनमा आउँदै
-
यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् : अध्ययन
-
नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको एकैपटक सरुवा (सूचीसहित)
-
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण