टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित
जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
टोकियो महानगर सरकारले एकैदिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको अहिले पहिलोपटक भएको जनाएको छ । विश्वको ध्यान खिचेको ओलम्पिक खेलकुद प्रतियोगिता सुरु भएको केही दिनपछि टोकियोमा सङ्क्रमितको सङ्ख्यामा एकाएक वृद्धि भएको हो ।
यसअघि मङ्गलबार दुई हजार ८४८ जना नयाँ सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । देशभरी भने झण्डै सात हजार सङ्क्रमित भएको देखिएको छ । गतवर्ष सन् २०२० मा हुनुपर्ने ओलम्पिक खेलकुद प्रतियोगिता कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेर अहिले भइरहेको हो । महामारीका बीचमा भइरहेको खेलकुद प्रतियोगिताका कारण टोकियोमा महामारी थप फैलिने खतरा देखिँदै गएको छ ।
महामारी थप फैलिन नदिने उद्देश्यले टोकियोमा उच्च सतर्कता र उच्च सुरक्षा व्यवस्था गरिए पनि महामारी भने फैलिँदै गएको देखिएको छ । जापानको केन्द्रीय सरकारले यही जुलाई १२ देखि अगस्ट २२ सम्मका लागि टोकियोमा चौथो चरणको सङ्कटकाल लागू गरेको छ । टोकियोका बार तथा रेस्टुरेन्टहरुमा मादक पदार्थ विक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ भने बेलुका सबेरै बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ ।
ओलम्पिक खेलकुद प्रतियोगिताका लागि लाखौँ खेलाडी, खेल पदाधिकारी, सञ्चारकर्मी र खेलप्रेमीहरू टोकियोमा भेला भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीपी अर्यालको सम्पत्ति : १२ ठाउँमा जग्गा, १५० तोला सुन (विवरणसहित)
-
शिक्षामन्त्रीको सम्पत्ति : घर छैन, डेढ करोडभन्दा बढी बैंक ब्यालेन्स
-
गर्भवती हुन् कट्रिना कैफ ?
-
गिरीबन्धु टी-स्टेटमा भएको नीतिगत भ्रष्टाचार छानबिन गर्न माग गर्दै प्रदर्शन, तस्बिरहरू
-
प्रधानमन्त्री प्रचण्डको सम्पत्ति २५ लाख नगद (विवरणसहित)
-
गृहमन्त्रीसँग ८० तोला सुन, कति छ रवि लामिछानेको अरु सम्पत्ति ?