लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिकता दिन प्रदेश सरकारलाई आग्रह गरेका छन् । आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उनले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताए ।
प्रमुख शेरचनले विद्यमान समावेशी र समानुपातिक सहितको सङ्घीय व्यवस्था अन्तरराष्ट्रिय जगतका लागि उदाहरणीय भएको जनाउँदै संविधानअनुसार यो व्यवस्थाको सही कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । “संविधानलाई आफू अनुकूल व्याख्या गर्ने र संविधानको मर्म र भावनाभन्दा फरक ढङ्गले हिँड्ने स्थिति सिर्जना हुुनु हुँदैन । संविधानले निर्दिष्ट गरेका अधिकारभन्दा बाहिर जाने छुट हामीलाई छैन’ संविधानको पुस्तक हातमा राख्दै उनले भने ।
शेरचनले संविधानभन्दा माथि कोही नभएको बताउँदै आफूले संविधानले निर्दिष्ट गरे अनुसारको निर्णय गर्ने बताए । उनले विवाद सुल्झाएर कालिगण्डकी तिनाउ डाइभर्सनको कामलाई समेत अघि बढाउनुपर्नेमा जोड दिए । प्रदेश सरकार, राजनीतिक दल, संघसंस्था र नागरिक समाजसँग छलफल गरेर उनीहरुले दिएका सुझावका आधारमा आफू अघि बढ्ने समेत शेरचनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय प्रणालीमा १६ लाख ७८ हजार कृषक घरधुरी सूचीकृत
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी : १२ समूहमा छलफल
-
‘पालिका जस्तो पनि प्रदेश चलेन’
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
चौथो पुस्ताको औद्योगिक प्रविधि प्रयोगमा जोड, दुई हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य
-
सेनाको ‘बङ्करदेखि ब्यारेक’ कार्यक्रम निरन्तर, प्रहरीको बढुवा अनुमानयोग्य बनाउने घोषणा