दार्चुला घटनाका दोषीलाई कारवाहीको माग गर्दै भारतीय दूतावास अगाडि प्रदर्शन (फोटोफिचर)
सोमबार, १८ साउन २०७८, १२ : ५६
दार्चुलाको महाकाली नदीमा जयसिंह धामी वेपत्ता भएको घटनालाई लिएर नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ । सोमबार सो संगठनले भारतीय ज्यादती बढेको भन्दै त्यसको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको हो ।
संगठनले महाकाली नदीमा वेपत्ता भएको विषयमा तत्काल छानविन गरी दोषीलाई हदैसमको कारबाहीको माग गरेको छ । केही दिनअघि धामी भारत जाने क्रममा चढेको तुइन भारतीय सीमा सुरक्षा बलका जवानहरूले काटिदिएपछि उनी नदीमा खसेर वेपत्ता भएको खबर बाहिर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह
-
सरकारले सहकारी ठगीमा संलग्नलाई संरक्षण गर्न थाल्यो : नैनसिंह महर
-
कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)