भारी मात्रामा लागुऔषधसहित एक युवक पक्राउ
प्रहरीले भारी मात्रामा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । सिरहाको नवराजपुर गाउपालिका ५ बस्ने २६ वर्षीय प्रभु नारायण सिंह राजपुत भारी मात्रामा लागूऔषधसहित पक्राउ परेका हुन् । सिरहाको लहान नगरपालिका १ बाट इलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
भारतीय नाका हुँदै लहान आउँदै गरेको को २६ प १८९ नं. को मोटरसाईकल चेकजाँच गर्ने क्रममा राजपूतलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट नाइट्रोभेट १० लेखिएको ४ हजार,७ सय ४० वटा ट्याबलेट, डाईजेपाम लेखिएको १ सय ९४ एम्पुल, फेनारगन लेखिएको १ सय ९४ एम्पुल, नाम लेवल नभएको १ सय ९४ एम्पुल, डाईलेक्स डिसी (१०० एक एल) लेखिएको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्त एवम प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए ।
पक्राउ परेका राजपुत र लागुऔषधसहितको मोटरसाइकल आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यलाय लहानको नियन्त्रणमा रहेको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण