भारी मात्रामा लागुऔषधसहित एक युवक पक्राउ

प्रहरीले भारी मात्रामा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । सिरहाको नवराजपुर गाउपालिका ५ बस्ने २६ वर्षीय प्रभु नारायण सिंह राजपुत भारी मात्रामा लागूऔषधसहित पक्राउ परेका हुन् । सिरहाको लहान नगरपालिका १ बाट इलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
भारतीय नाका हुँदै लहान आउँदै गरेको को २६ प १८९ नं. को मोटरसाईकल चेकजाँच गर्ने क्रममा राजपूतलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट नाइट्रोभेट १० लेखिएको ४ हजार,७ सय ४० वटा ट्याबलेट, डाईजेपाम लेखिएको १ सय ९४ एम्पुल, फेनारगन लेखिएको १ सय ९४ एम्पुल, नाम लेवल नभएको १ सय ९४ एम्पुल, डाईलेक्स डिसी (१०० एक एल) लेखिएको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्त एवम प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए ।
पक्राउ परेका राजपुत र लागुऔषधसहितको मोटरसाइकल आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यलाय लहानको नियन्त्रणमा रहेको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण : भारत
-
जम्मूलाई लक्षित गर्दै पाकिस्तानकाे गाेलाबारुद, भारतीय वायु रक्षाकाे जवाफी फायरिङ
-
भारतको जम्मुस्थित विमानस्थलमा विस्फोट
-
अटोरिक्साको ठक्करबाट बालकको मृत्यु
-
नक्कली नोटसहित हेटौँडाबाट एक जना पक्राउ
-
अशोक सिंह विष्टसहितका नेविसंघका ६ जना नेता निष्कासित