दिनदहाडै दमौली बजारमा खुकुरी हानाहान
शुक्रबार, १० कात्तिक २०७४, १६ : १९
तनहुँ – तनहुँको सदरमुकाम दमौली बजारको बीच भाग भेटघाट चोकमा दिनदहाडै युवाहरूबीच खुकुरी हानाहान भएको छ । दुई समहबीच खुकुरी हानाहानपछि दुवै समूह फरार भएका छन् ।
शुक्रबार दिउँसै यस्तो घटना भएपछि स्थानीयबासिहरु त्रसित बनेका छन् । घटनामा संलग्न युवाहरुको प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुनिल मल्लका अनुसार खुकुरी प्रहार गर्ने युवा समूहको पहिचान गर्न प्रहरी परिचालन गरिएको छ ।
सिसी टिभीको सहायताले स्कुटर र घटनामा संलग्न युवाहरुको पहिचान गर्ने प्रहरी लागिरहेको डिएसपी मल्लले जानकारी दिए । घटनामा केकति क्षति भएको छ भन्ने समेत थाहा भैनसकेको प्रहरीले बताएको छ । युवाहरु स्कुटरमा आएको र हेल्मेट लगाएकोले चिन्न गाह्रो भएको स्थानीय बासिन्दा बताउँछन् ।
दमौलीमा केहि समय शान्त भएको खुकुरी प्रहारको घटना देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
-
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
-
‘नेपाल कतै पाकिस्तानी मोडेलतर्फ त जाँदै छैन ?’
-
कसरी हुन्छ दरबार हत्याकाण्डको अनुसन्धान ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण