शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दिनदहाडै दमौली बजारमा खुकुरी हानाहान

शुक्रबार, १० कात्तिक २०७४, १६ : १९
शुक्रबार, १० कात्तिक २०७४

तनहुँ – तनहुँको सदरमुकाम दमौली बजारको बीच भाग भेटघाट चोकमा दिनदहाडै युवाहरूबीच खुकुरी हानाहान भएको छ । दुई समहबीच खुकुरी हानाहानपछि दुवै समूह फरार भएका छन् ।

शुक्रबार दिउँसै यस्तो घटना भएपछि स्थानीयबासिहरु त्रसित बनेका छन् । घटनामा संलग्न युवाहरुको प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुनिल मल्लका अनुसार खुकुरी प्रहार गर्ने युवा समूहको पहिचान गर्न प्रहरी परिचालन गरिएको छ ।

सिसी टिभीको सहायताले स्कुटर र घटनामा संलग्न युवाहरुको पहिचान गर्ने प्रहरी लागिरहेको डिएसपी मल्लले जानकारी दिए । घटनामा केकति क्षति भएको छ भन्ने समेत थाहा भैनसकेको प्रहरीले बताएको छ । युवाहरु स्कुटरमा आएको र हेल्मेट लगाएकोले चिन्न गाह्रो भएको स्थानीय बासिन्दा बताउँछन् ।

दमौलीमा केहि समय शान्त भएको खुकुरी प्रहारको घटना देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप