लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगीलाई दुई लाख सहयोग गर्ने
लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगका बिरामीलाई दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो ।
यस्तै सरकारले कोभिड–१९ का बिरामीको उद्धार गर्न हटलाइन र एम्बुलेन्सको व्यवस्था गर्ने र त्यस्तो खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको छ । बैठकले कोराना प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने र कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेबल अल्ट्रासाउण्ड मेसिनसहित तालिम प्राप्त नर्सको व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्का र मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण