शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा

शुक्रबार, ०१ साउन २०८३, २२ : २१
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • गृहमन्त्री सुदन गुरुङ आफैँ ठोरीका दुई होटलमा छापा मार्न पुगेका छन्।
  • प्रहरीले ११ जनालाई दुई वटा होटलबाट पक्राउ गरेको छ, जसमा ७ जना महिला र ४ जना पुरुष छन्।
  • पक्राउ परेका अधिकांशलाई अभद्र व्यवहार र होटल सञ्चालकलाई मानव बेचबिखन कसुरमा अनुसन्धान भइरहेको छ।

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ आफैँ होटलमा छापा मार्न पुगेका छन्। असार ३० मा मिटरब्याज पीडितलाई भेट्न बाराको सिमरा पुगेका गुरुङ काठमाडौँ फर्किने क्रममा पर्साको ठोरी स्थित होटलमा पुगेर छापा मारेका हुन्।

बिहीबार साँझ ठोरी बजारमा रहेको ठोरी दोहोरी साँझ र रिसोर्ट ठोरी क्याम्प फायर होटलमा आफ्नो टिम सहित पुगेका गुरुङले त्यसपछि प्रहरीलाई खबर गरेका थिए । गृहमन्त्री होटलमा छापा मार्न गएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली ठोरी पुगेको थियो । पर्साबाट ठोरी बजार ४५ किलोमिटर पश्चिम पर्छ।

मन्त्रीको नेतृत्वमा छापा मारेर प्रहरीले ११ जनालाई दुई वटा होटलबाट पक्राउ गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालयका एक जना अधिकृतका अनुसार पक्राउ पर्नेमा ७ जना महिला र अरू पुरुष छन् । मिटरब्याजीका प्रतिनिधिहरूलाई वार्ता गर्न सिमरा विमास्थलबाट काठमाडौँतर्फ पठाएपछि उनी चितवन फर्किने क्रममा ठोरीको होटलमा छिरेका हुन्। पर्सामा कार्यरत एक जना प्रहरी अधिकृत भन्छन्, ‘उहाँलाई बाटोमा कसैले ती होटलमा वेश्यावृत्ति हुने सूचना दिएको रहेछ त्यही भएर छाप मार्न छिर्नुभएको रहेछ।’

होटलबाट पक्राउ गरिएका अधिकांशलाई पर्सा प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। होटल सञ्चालकलाई मानव बेचबिखन सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका एक जना अधिकृतले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप