मलाई राजनीतिक पार्टीको ह्वीप लाग्दैन : सांसद शाही
लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद अजय शाहीले आफुले एमालेको सदस्यता नलिएकाले पार्टीको ह्वीप नलाग्ने बताएका छन् ।
शाहीले आइतबार विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेशले स्पष्टिकरण माग गरेको विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै आफु नवलपरासी निर्वाचन क्षेत्र १ (ख) बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सभा सदस्य भएको स्पस्ट पारेका छन् ।
‘म आवद्ध रहेको स्वतन्त्र राजनीतिक समुह र तत्कालिन नेकपा एमालेबीच भएको २ बुँदे सहमतिअनुसार मैले सुर्य चिन्ह प्रयोग गरेर स्वतन्त्र रुपमै निर्वाचनमा होमिएर निर्वाचित भएको सवैमा जानकारी गराउँछु’, शाहीले भनेका छन्, ‘मैले नेकपा एमालेको पार्टी सदस्य लिएको छैन । तसर्थ मलाई राजनीतिक पार्टीको ह्वीप लाग्दैन ।’
शाहीले यसअघि माओवादी नेता कुलप्रसाद केसीको समर्थनमा हस्ताक्षर गरेका थिए । त्यसपछि एमालेले शाहीलाई कारवाही गर्ने प्रचार गरेको थियो । शाहीलाई हालका मुख्यमन्त्री केसीले विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण