साङ्ग्रीलामा थप दुई नयाँ हल
काठमाडौँ । काठमाडौंमा रहेका होटल साङ्ग्रीलाले दुई ओटा नयाँ पार्टी हल थप गरेको छ । होटलले आयोजना गरेको एक कार्यक्रममा ती दवै हलहरुको उद्घाटन गरिएको हो ।
होटलले थप गरेका दुई हलहरुमा एउटा इण्डोर कार्यक्रमका लागि प्याभिलियन हल र खुला कार्यक्रम आयोजना गर्नका लागि कोर्टयार्ड हल रहेको छ । यी हलहरु बर्थडे, म्यारिज र अन्य पार्टी तथा सेमिनारका लागि उपयुक्त रहेको होटल साङ्ग्रीलाले बताएको छ । २४५० वर्ग फिट क्षेत्रफलको प्याभिलियन हलमा ३ सय जनासम्म मानिस अटाउनेछन् । यो हल इण्डोर कार्यक्रमका लागि उपयुक्त रहेको साङ्ग्रीलाले बताएको छ ।
यस्तै खुल्ला स्थानमा स्टेज बनाएर प्रत्यक्ष कार्यक्रम र पार्टीलगायतका कार्यक्रम आयोजना गर्नका लागि उपयुक्त हुने कोर्टयार्ड हल पनि होटलले थप गरेको हो ।
थपिएका स्थानमा सम्पूर्ण सुविधाहरुः एयर कण्डिशन, साउण्ड सिष्टम, लाइट आदिको राम्रो ब्यबस्था रहेको होटल ब्यबस्थापनले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, आवेदन आह्वान
-
नेपाल र वेष्ट इन्डिज ‘ए’बिचको अन्तिम खेल आज
-
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै
-
केकेआरसँग मुम्बइ इन्डियन्स पराजित, इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना लगभग सकियो
-
डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता
-
कोशीको किचलो : बजेट निर्माण गर्ने कि सरकार फेरबदल ?