बलात्कारपछि हत्याको आरोपमा शव बुझ्न अस्वीकार
बलात्कार पछि हत्या गरिएको आरोपमा लालबन्दी नगरपालिका– १७ की किशोरी प्रियंका भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेको छ । बुधबार मृतकको शव परीक्षण भइसके पनि परिवारले बुझ्न नमान्दा जिल्ला अस्पतालमै रहेको छ ।
दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गर्ने र घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान गरी न्याय दिलाउने आश्वासन प्रहरीले दिए पनि परिवारले शव बुझेका छैनन् । गत साउन ३१ गते राति करिब ११ बजे घरबाटै बेपत्ता भएकी रानीगन्ज डाँडा टोलका राजेश भुजेलकी छोरीको शव गत मङ्गलबार राति कालिन्जोर खोलामा गाडिएको अवस्थामा फेला परेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा लालबन्दी १७ कै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिश दाहाललाई पक्राउ गरेर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
पक्राउ परेका युवाले नै युवतीको शव गाडेको स्थान देखाएका थिए । घटनाको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै स्थानीयवासीले बुधबार लालबन्दीमा दुई घण्टा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध पारेका थिए । बिहीबार पनि करिब तीन घण्टा पीडित पक्ष र सुरक्षा निकायका प्रतिनिधिबीच छलफल भएको थियो ।
प्रहरीले १४ वर्षीया भुजेलको उमेर १६ बताएको र दोषीलाई सार्वजनिक नगरेको भन्दै थप आक्रोशित बनेका पीडित पक्षले इलाका प्रहरी कार्यालयबाट न्याय नपाइने भन्दै आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर ज्ञापनपत्र बुझाउने जनाएका छन् । सांसद प्रमोद साहले पनि पीडित पक्षसँग भेट गरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सो घटनाबारे जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण