पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन जनमोर्चाको माग
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै चाडबाडको मुखमा आएर गरेको मूल्य वृद्धिले जनतालाई झन् आहत पार्ने बताउँदै यसलाई फिर्ता लिन सरकारसँग माग गरेका छन् । उनले भनेका छन् – अन्य क्षेत्रको खर्च कटौती गरेर, अनियमिततालाई रोकेर, आवश्यक परे राज्यले अनुदान थपेर भए पनि यो मूल्यवृद्धिलाई सरकारले फिर्ता लिनु पर्छ ।
विज्ञप्तिमा भनिएको छ – केही समय अघिदेखि लगातार हरेक चीजमा मूल्य वृद्धि हुँदै आएको छ । त्यसमाथि अहिलेको यो मूल्यवृद्धिले पेट्रोलियम पदार्थमा आधारित वस्तु तथा सेवाहरूमा मूल्यवृद्धि भएको छ । यसको प्रभाव समग्र आर्थिक क्षेत्रहरूमा पर्नेछ । त्यसबाट दैनिक उपभोग्य वस्तु, सेवा, उद्योग, व्यापार, व्यवसाय आदि सबै क्षेत्रहरूमा मूल्य वृद्धि हुनेछ । कोरोना भाइरसको प्रकोप र त्यसको रोकथामका लागि भएको लकडाउनका कारणले समग्र आर्थिक क्षेत्र र जनसाधारणको जनजीवन अत्यन्त कष्टपूर्ण बनेको छ । यो स्थितिमा सरकारले कोभिडको नियन्त्रण र जनजीवनलाई प्राथमिकतामा राख्नु पर्दछ । तर यो मूल्य वृद्धिले तिनीहरूमा नै नकारात्मक प्रभाव परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण