सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन जनमोर्चाको माग

मङ्गलबार, ०८ भदौ २०७८, २० : ४४
मङ्गलबार, ०८ भदौ २०७८

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै चाडबाडको मुखमा आएर गरेको मूल्य वृद्धिले जनतालाई झन् आहत पार्ने बताउँदै यसलाई फिर्ता लिन सरकारसँग माग गरेका छन् ।  उनले भनेका छन् – अन्य क्षेत्रको खर्च कटौती गरेर, अनियमिततालाई रोकेर, आवश्यक परे राज्यले अनुदान थपेर भए पनि यो मूल्यवृद्धिलाई सरकारले फिर्ता लिनु पर्छ ।

विज्ञप्तिमा भनिएको छ – केही समय अघिदेखि लगातार हरेक चीजमा मूल्य वृद्धि हुँदै आएको छ । त्यसमाथि अहिलेको यो मूल्यवृद्धिले पेट्रोलियम पदार्थमा आधारित वस्तु तथा सेवाहरूमा मूल्यवृद्धि भएको छ । यसको प्रभाव समग्र आर्थिक क्षेत्रहरूमा पर्नेछ । त्यसबाट दैनिक उपभोग्य वस्तु, सेवा, उद्योग, व्यापार, व्यवसाय आदि सबै क्षेत्रहरूमा मूल्य वृद्धि हुनेछ । कोरोना भाइरसको प्रकोप र त्यसको रोकथामका लागि भएको लकडाउनका कारणले समग्र आर्थिक क्षेत्र र जनसाधारणको जनजीवन अत्यन्त कष्टपूर्ण बनेको छ । यो स्थितिमा सरकारले कोभिडको नियन्त्रण र जनजीवनलाई प्राथमिकतामा राख्नु पर्दछ । तर यो मूल्य वृद्धिले तिनीहरूमा नै नकारात्मक प्रभाव परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप