शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बुधबार, ०९ भदौ २०७८, ११ : २०
बुधबार, ०९ भदौ २०७८

बुधबार नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर ११९ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ ९९ पैसा र बिक्री दर १३९ रुपैया ६९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ५९ पैसा र बिक्री दर १६३ रुपैयाँ ४१ पैसा रहेको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२९ रुपैयाँ ७३ पैसा र बिक्री दर १३० रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिद दर ८५ रुपैयाँ ७७ पैसा र बिक्री दर ८६ रुपैयाँ २१ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९० पैसा र बिक्री दर ९४ रुपैयाँ ३८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर  नेपाली १० रुपैयाँ ७९ पैसा र बिक्री दर १० रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिद दर १८ रुपैयाँ २८ पैसा र बिक्री दर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।  यता साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ५८ र बिक्री दर ३१ रुपैयाँ ७४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ०६ पैसा र बिक्री दर ३२ रुपैयाँ २२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप