सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बिहीबार, २७ वैशाख २०८१, १३ : ३६
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिल बहादुर आले र तनहुँ ऋषिङ  गाउँपालिका-८ घर भई काठमाडौँ महानगरपालिका-२६ गोङ्गबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।   

पक्राउमध्ये वकिल बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख रुपैयाँ ठगी गरेको र धर्मेन्द्रले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वकिल बहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गण्डकी गाउँपालिका-६ बाट र धर्मेन्द्रलाई  काठमाडौँ गोङ्गबुबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप