कांग्रेस संसदीय दलको बैठक बस्दै
शुक्रबार, २८ वैशाख २०८१, ०६ : ३९
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजेका लागि तय गरिएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकमा पार्टीबाट संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।
यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण