शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जोशीले अर्को चुनाव चिन्ह लिएर चुनाव लड्छु भनेपछि कांग्रेसमा खैलाबैला

सोमबार, १३ कात्तिक २०७४, ०९ : ५४
सोमबार, १३ कात्तिक २०७४

तनहुँ - आगामी मङ्सिर २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवारको दावी लिइ पार्टीले टिकट नदिए बागी उठ्ने पूर्वगृहमन्त्री गोविन्दराज जोशीको अभिव्यक्ति विरुद्ध तनहुँका कांग्रेसका नेताहरुले खेद व्यक्त गरेका छन् । 

कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । पूर्वसहमहामन्त्री समेत रहेका जोशी पनि टिकटका आकांक्षी थिए । 

उनले आफूलाई टिकट नदिए अर्को चुनाव चिन्ह लिएर भएपनि चुनाव लड्ने बताएका छन् । 

शनिबार पार्टी शीर्ष नेताहरुले जोशीलाई समानुपातिकमा बस्न आग्रह गरेपनि उनले अस्वीकार गर्दै यसबारे थप कुरा नगर्न भनेका छन् । तनहुँबासी केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेल, जिल्ला सभापति बैकुण्ठ न्यौपाने, निवर्तमान जिल्ला सभापति धुर्व वाग्ले , निवर्तमान सांसदद्धय रामचन्द्र पोखरेल, झुलबहादुर आले, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, जिल्ला उपसभापति जीत प्रकाश आले, जिल्ला सचिव विश्व वास्तोला, सह–सचिव केशवहादुर सुनार, जिल्ला सचिव लक्ष्मी आचार्य, कोषाध्यक्ष रेशम गुरुङ, क्षेत्र नं ३का क्षेत्रीय सभापति किसान गुरुङ, क्षेत्र नं २ का क्षेत्रीय सभापति राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुले भने आइतबार वक्तव्य जारी गर्दै जोशीप्रति खेद व्यक्त गरेका छन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बालुवाटरमा प्रधानमन्त्री देउवाले बोलाई विविध कारण देखाउँदै समानुपातिकमा बस्न आग्रह गर्दा जोशीले आफूलाई टिकट दिएमा ‘रुख चिन्ह लिइ प्रत्यक्षतर्फ चुनाव लड्ने नत्र आफ्नै चिन्ह लिइ लड्छु, यस विषयमा अब मलाई कुनै सम्पर्क नगर्नु होला’ भनि धृष्टतापूर्ण अभिव्यक्तिप्रति खेद प्रकट गर्दछौं ।’ 

कांग्रेसका नेताहरुले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट दिन समेत आग्रह गरेका छन् । नेताहरुले पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा दृढ संकल्पित हुन आग्रह गर्दे केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरुले सयुक्त रुपमा अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप