शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दाङमा भाइरल ज्वरोका बिरामी बढे

शुक्रबार, ११ भदौ २०७८, १३ : ३४
शुक्रबार, ११ भदौ २०७८

मौसमी परिवर्तनका कारण  यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका  बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका छन् । 

राप्ती प्रादेशिकमा दैनिक २०० भन्दा बढी त्यस्ता बिरामी  उपचारका लागि आउने गरेकामा अधिकांश वृद्धवृद्धा बालबालिका रहेको मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद सिंहले जानकारी दिए । कोरोना भाइरसको महामारीसँगै भाइरल ज्वरोको प्रकोप पनि फैलिँदै गएको र अघिल्लो वर्षको तुलनामा भाइरल ज्वरोका बिरामी धेरै बढेको उनको भनाइ थियो ।  सबै अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएकाले  उपचारमा समेत समस्या भइरहेको बताइएको छ । 

तुलसी बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा.किशोर खत्रीले विगतको तुलनामा केही दिन यता भाइरल जरोका बिरामी बढ्न थालेको बताए ।  ज्वरो आउने, टाउको, घाँटी तथा हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने र कोखा हान्नेजस्ता  लक्षणका  बिरामी उपचारका लागि आउने गरेको जानकारी दिँदै उनले भने, ‘भाइरल ज्वरो एक प्रकारको भाइरसबाट सर्ने भएकाले यसबाट बच्न अनिवार्य मास्क प्रयोग गर्न  र सरसफाइ  तथा खाने कुरामा ध्यान दिनुपर्छ ।’  

सुपरिटेन्डेन्ट डा.सिंहले यस्ता बिरामीमा इन्फेक्सन भएमा  स्वासप्रस्वासमा समस्या आउने, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई  झाडापखाला हुने र समयमै निको नभए निमोनिया पनि हुनसक्ने भएकाले उपचारमा ध्यान दिन  र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले   सचेत हुन पनि सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप