अस्पतालका प्रमुखलाई एमालेका कार्यकर्ताले दले कालोमोसो
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई एमालेका कार्यकर्ताले कालोमोसो दलेका छन्।
एमालेको भातृसंगठन अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वको गएको ३÷४ जनाको समूहले शुक्रबार पौने २ बजे मेसुको कार्यकक्षमै कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका सुरेश काफ्लेले जानकारी दिए ।
अस्पतालका प्रमुख सिंहसँग चेकजाच गर्नुपर्ने बिषयमा बिबाद गरेर परियारको समुहले उनलाई कालोमोसो दल्नुका साथै दुर्ब्यबहार गरेको एसपी काफ्लेले बताए । परियारले अस्पतालमा नहुने चेकजाँच बाहिर गर्न आग्रह गर्दा उनीहरुले एकाएक कालोमोसो दलेको बताइएको छ । एसपी काफ्लेले घटनामा संलग्नहरुको पहिचान भइसकेको र तत्काल पक्राउ गर्न निर्देशन मातहतका प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए ।
घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको र अभद्र ब्यबहारमा मुद्धा दर्ता गरेर कारबाही गरिने एसपी काफ्लेले बताए ।
टाइफाइड भएको बिरामीको कल्चर चेकको व्यवस्था नभएको बताएपछि विवाद सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण