लुम्बिनी प्रदेशका विभिन्न राजमार्ग अझै अवरुद्ध
अस्ति रातिबाट अवरुद्ध रहेका लुम्बिनी प्रदेशका विभिन्न राजमार्ग अझै खुलेका छैनन् । पूर्वपश्चिम राजमार्ग सहित लुम्बिनी विभिन्न वटा ठुला मागहरू अवरुद्ध बनेका थिए । ती मार्गहरूमा आज दिनभर पानी रोकिएमा आज साँझदेखि खुल्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार नवलपरासी (पश्चिम) बर्दघाट नगर पालिका – १० लण्डनबृज स्थित (पूर्व–पश्चिम) राजमार्ग सडक खण्ड र बासा, भुताहा र सुनवल नगरपालिका – १२ बडेरा स्थित रहेको डाईभर्सन बगाएपछि बाटो अवरोध रहेको छ । यस्तै रुपन्देही देवदह नगर पालिका – ९ स्थित घोडाहा खोलामा पुल भासिदा (पूर्व–पश्चिम) राजमार्ग सडक खण्डमा अवरोध रहेको लुम्बिनी ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले रातोपाटीलाई बताए । यस्तै आज बिहानबाट भैरहवा भुमही हुलाकी मार्ग पनि अवरुद्ध भएको छ । उक्त मार्गमा पर्ने नवलपरासीको माहुरी खोलामा पुल भासिँदा सडक अवरुद्ध भएको हो पुल भासिन थालेपछि ठुला गाडीहरूको आवतजावतमा रोक लगाएको पाण्डेले बताए । यस्तै अस्ति रातीबाट अवरुद्ध गुल्मी रुरु गाउँपालिका २ पोखरी बगर स्थित (रिडी – रुद्र बेनी) सडक खण्ड अझै खुल्न सकेको छैन् ।
यता अवरुद्ध अर्घाखाँची शितगंगा नगरपालिका – १२ बसेरी स्थित (गोरुसिङ्गे–सन्धिखर्क) सडक खण्डमा र पाल्पा रम्भा गाउँपालिका – ३ सीतापहाड स्थित सिद्धार्थ राजमार्ग भने सञ्चालनमा आएका छन् । डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयराज मरासिनीले अवरुद्ध सडकहरू खुलाउने पहल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण