शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कालोमोसो दल्नेलाई कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

सोमबार, १४ भदौ २०७८, १३ : ४०
सोमबार, १४ भदौ २०७८

दाडको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहमाथि कालोमोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्। घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले सोमवार घोराहीमा बजारमा विरोध प्रदर्शन गरेका हुन । उनीहरुले दोषीलाई पक्राउ गरि जति सक्यो चाडो कारवाहीको माग गरेका छन् ।

नेकपा एमाले निकट विद्यार्थी संगठन जिल्ला संयोजक सर्जन परियार, सहसंयोजक दिवस क्षेत्रीको समूहले भदौ ११ गते दिउँसो डा. सिंहलाई कार्यकक्षमै प्रवेश गरी कालोमोसो दलेको आरोप लागेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप