स्वास्थ्यकर्मीमाथि हातपात गर्ने एमाले कार्यकर्ताविरुद्ध मुद्दा दर्ता
राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेर दुर्व्यवहार गर्ने २ जनालाई प्रहरीले पकाउ गरेको छ । उनीहरुलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तर पक्राउ कसलाई गरिएको हो भन्ने कुरा भने प्रहरीले खुलाएको छैन ।
चिकित्सकमाथि कालोमोसो दल्ने मुख्य आरोपी ६ जनामध्ये २ जनालाई पक्राउ गरिएको हो । चार जना अहिले फरार रहेको प्रहरीले जनाएको छ । चार दिनसम्म पनि प्रहरीले मुख्य आरोपी नेकपा एमाले निकट अनेरास्ववियु दाङका संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीलाई पक्राउ गर्न सकेको छैन ।
कोरोना महामारीबीच अग्रभागमा खटिने राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने मुख्य आरोपी २ जनालाई पक्राउ गरि स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धि अध्यादेश २०७८ बमोजिम जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दायर गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
सरकारले ल्याएको नयाँ अध्यादेश पछि नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीहरुको सुरक्षासम्बन्धी अध्यादेश बमोजिम मुद्दा दायर भएको प्रजिअ कुरुम्बाङ्ले बताए । उनले बाँकी चारजना फरार अभियुक्तलाई पनि पक्राउ गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण