पहिरोले पुरिएकी महिलाको सनाखत
मङ्गलबार, १५ भदौ २०७८, ०८ : २७
दुई दिन अघि पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा पहिरोले घर पुरेर मृत फेला परेकी एक महिलाको सनाखत भएको छ । आइतबार दिउँसो राम्दी बजारमा माथिबाट आएको पहिरोले ३ वटा घर–होटल पुरिएका थिए ।
त्यस मध्ये ग्ल्याङ्ग नगरपालिका–१ राम्दीकी लक्ष्मी बस्नेतको बस्नेत होटलमा खाजा–नास्ता गर्न बसेकी एक जना महिलाको शव पुरिएको अवस्थामा फेला परे पनि तत्काल सनाखत हुन सकेको थिएन । पछि ती महिला स्याङ्जाको वालिङ्ग नगरपालिका–१४ की ४० वर्षीय धनमाया उम्रा भन्ने खुलेको हो ।
उक्त पहिरोमा पुरिएका ३ जनाको उद्धार गरी उपचारका लागि पाल्पा मिसन अस्पतालमा पठाइएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण