डुबेर दुई जनाको मृत्यु
मङ्गलबार, १५ भदौ २०७८, १४ : ४५
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँमा डुबेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका–५ गोविन्दपुर बस्ने ३१ वर्षीय मानबहादुर थारुको डुबेर मृत्यु भएको छ । सोही नगरपालिका–४ स्थित कुलोमा माछा मार्न गएको अवस्थामा कुलोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै कपिलबस्तुमा पनि डुबेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–११, विजयनगरस्थित मामाघर बस्ने शिवराज नगरपालिका–११ थुनिया घर भएका कमलेस धोबीकी छोरी ३ वर्षीय बिनिता धोबीको डुबेर मृत्यु भएको हो । बाटोमा खेल्ने क्रममा कुलोमा खसेर डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको लुम्बिनी प्रहरी प्रहरी कार्यालय दाङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण